बझाङमा अज्ञात समूहद्धारा एक महिलामाथि लुटपाट गरि हत्या प्रयास

बझाङमा अज्ञात समूहद्धारा एक महिलामाथि लुटपाट गरि हत्या प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तम कुमार थापा
बझाङ – बझाङमा अज्ञात समूहद्धारा एक महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ ।
बझाङको थलारा गाँउपालिका– वडा नँ ५ की २२ वर्षीया विमला खाती ओलीको एक अज्ञात समूहले गहना लुटपाट गरी टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सोमबार बेलुका केदास्युँ गाँउपालिका –९ माइती घरबाट आफ्नो घर थलारा आउने क्रममा थलारा गाँउपालिका–३ को शिलाकोट भन्ने स्थानमा एक समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

ओलीको साथमा रहेकी १३ वर्षीया बहिनी सुलोचना ओलीमाथि पनि लुटेरा समूहले आक्रमण गरेका थिए । घाइते दुवैजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार सम्भव नभएपछी नेपालगँज रेफर गरीएको जिल्ला स्वास्य कार्यालय बझाङका डा सन्दिप ओखेडाले बताए ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दा उत्त घटनामा थलारा गाँउपालीका वडा ६ का २२ वर्षिय सौरव चौहान हुन सक्ने र उनको खोजी कार्या भै रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख सुर्यबहादुर केशीले बताए । सौरव चौहान भने अहिले फरार रहेका छन । उनकोक खोजी कार्या भै रहेको छ ।