बझाङ – नेपाल विद्यार्थी संघ सिटिइभिटी बझाङ जिल्ला अध्यक्षमा सुरेश अधिकारीलाई नियुक्त गरिएको छ । नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिका कार्यवाहक अध्यक्ष निराजन खड़्काको सभापतित्वमा आज बसेको बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्ति गरेको हो ।
सो बैठकमा संघका पूर्व केन्द्रिय सदस्य तपेन्द्र भुसाल, नि. केन्द्रिय सदस्य सुमन के. सी, नेविसंघ जिल्ला का. वा अध्यक्ष भेष बम, विश्व हिन्दु युवासङ्घका सुदूरपश्चिम प्रदेश संयोजक सम्राट सिंह ठकुरी, उद्योगवाणिज्य महासङ्घका सदस्य लोकराज भट्ट, तरुण दल बझाङ जिल्ला सदस्य लोकेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।
समितिको विधान अनुसार क्षमता, संघर्ष र समग्र संगठन प्रतिको योगदानको उच्च मूल्यांकन गरेर अधिकारीलाई नियुक्ति गरिएको खड्काले बताए । त्यसैगरी नेविसंघ सिटिइभिटी बाजुरा जिल्ला अध्यक्षमा नभराज खत्री र बैतडी जिल्ला अध्यक्षको जिम्मेवारी तेज राज भट्टलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया