उत्तमकुमार थापा/बझाङ – नेपाली सेनाले बझाङ जिल्लाको तलकोट गाउँपालिकामा शौचालय निर्माण गरेको छ । विरभद्रजङ गुल्म पानकोट व्यारेकद्धारा तलकोट गाउँपालिका वडा नम्बर १ मा रहेको सुनिकोटमा शौचालय निर्माण गरेको हो ।
नवनिर्मित शौचालय भवन श्री २५ नम्बर बाहिनीपति कृष्ण बहादुर जिसीले वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर धामीलाई हस्तान्तरण गरेका हुन् ।
नेपाली सेना श्री पश्चिम कमाण्ड श्री नम्बर २५ बाहिनी अड्डा अनतर्गत बझाङ जिल्लामा तैनाथ विरभद्रजङ गुल्मद्वारा सैनिक नागरिक सम्बन्ध मजदुर बनाउन ४ कोठाको शौचालयसहित २ स्नान कक्षाको आइतबार उद्घाटन गरिएको छ ।
सेनाले आफ्नो सिमित बजेटबाट आफ्नै दक्ष जनशक्तिको प्रयोग गरेर निर्माण गरेको हो । सैनिक नागरिक सम्बन्ध अझै मजवुत बनाउन नेपाली सेनाले विभिन्न स्थानमा विकास निर्माणका कामहरु गर्दै आएकाे छ ।
सेनाले घुम्ती शिविर सडक मर्मत पिउने पानी व्यावस्थापन प्राकृतिक तथा बाताबरण सम्वन्धि संरक्षण कार्यक्रमहरु गर्दै आइरहेको छ ।
प्रतिक्रिया