काठमाण्डु – बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । जिल्लाको मष्टा गाउँपालिका वडा नं २ बस्ने १२ बर्षकी बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरिएको हो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ । गत ७ गते बेलुका साढे ४ बजे खिकालाबाट गाइवस्तु बाँध्न सिमछानामा गएकी बालिकाको बलात्कारपछि हत्या भएको थियो ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि आरोपित बोहरालाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनले घटनाको सम्बन्धमा बृहत् अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले उक्त कारुणिक घटनाले शिर निहुरिएको बताएकी छन् ।
‘यो घटनामा संलग्न एवं बालिकाको हत्या गर्ने दोषीलाई कानूनको दायरामा ल्याइ कडा भन्दा कडा सजायको माग गर्दछु’, उनले भनिन् ।




प्रतिक्रिया