बझाङमा आमा,छोरा र छोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए


बझाङ – बझाङमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन्। जिल्लाको बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएका हुन् । गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement