बझाङमा एमालेले १२ गते मनोनयन दर्ता गर्ने

बझाङमा एमालेले १२ गते मनोनयन दर्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – बझाङमा एमालेले वैशाख १२ गते मात्रै उम्मेदवारी मनोनयन गराउने भएको छ । उम्मेदवार छनौट गर्ने कार्य नसकिएपछि एमालेले वैशाख १२ गते मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेको हो ।

‘उम्मेदवार छनौट प्रक्रिया भोलि सम्म मात्रै टुङ्गो लाग्ने देखिएको छ,’ एकाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले भने, ‘वैशाख १२ गते हामीले मनोनयन दर्ता गर्ने छौं ।’

त्यस विषयमा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको उनले बताए । निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि दलहरूलाई उम्मेदवारी मनोनयन दर्ता गर्ने समयावधि तोकेको छ ।