सौतेली बहिनी बलात्कार गर्ने बझाङका युवालाई भारतमा फाँसीको सजाय

सौतेली बहिनी बलात्कार गर्ने बझाङका युवालाई भारतमा फाँसीको सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चार वर्षिया बालिकालाई बलात्कार गर्ने नेपाली युवालाई फाँसीको सजाय सुनाइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा नेपालको बझाङ घर भई हाल जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाको अदालतले हिजो शुक्रबार फाँसीको सजाय सुनाएको हो ।

गाउँमा बुवाआमाको मृत्युपछि दाईसँगै बस्दै आएकी सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवालाई ३ अप्रिल २०२१ मा पक्राउ गरिएको भारतीय पत्रिका अमर उजालाले उल्लेख गरेको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसीको सजाय सुनाएको हो । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।