बाजुरामा हावाहुरी र असिना पानी, गहुँबालीमा क्षति

बाजुरामा हावाहुरी र असिना पानी, गहुँबालीमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बाजुरा जिल्लामा हावाहुरीसँगै असिना पानी परेको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा असिना पानी परेको हो । आईतबार बिहानबाटै मौसममा बदलीसँगै चिसो समेत बढेको छ ।

हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौं, आलु, प्याज र टमाटर लगायतको तरकारी बालीमा असर परेको छ । यहाँका किसानले हिउँदमा मेहनत गरेर लगाएको खेती असिना पानीले असर पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

बाजुराको तल्लो भेग त्रिबेणी, खप्तड छेडेदह, गौमुल र बडीमालिकामा असिना पानीले असर पारेको छ । असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ का स्थानीय मोती पाध्यायले बताए ।

बाजुरामा बर्सेनि असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको उनको भनाइ छ । असिना पानीले गहुँबालीमा क्षति गरे पनि भर्खरै लगाएका फलफूलका बिरुवालाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।