बाजुरा – बाजुरामा भारी वर्षा र असिना पानी परेको छ ।
शुक्रबार दिउँसो पौने ३ बजेतिर जिल्लाका ९ वटै स्थानीय तहमा भारी वर्षा र असिना पानी परेको हो ।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ का स्थानीय रामचन्द्र उपाध्यायले बताए । गहुँ र जौ बाली असिनाले सखाप पारेको छ । स–साना खोलानालाहरूमा बाढी समेत आएको छ ।
बाजुरामा बर्सेनि असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको छ । असिना पानीले गहुँबालीका साथै फलफूलका बिरुवाहरूलाई समेत असर पुर्याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।




प्रतिक्रिया