बाजुराकाे बिछिया केन्द्रबिन्दु बनाएर गयो ४.४ रेक्टरस्केलको भूकम्प

बाजुराकाे बिछिया केन्द्रबिन्दु बनाएर गयो ४.४ रेक्टरस्केलको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा  –  बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । यसअघि जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ ।