काठमाण्डु – बाजुरामा भूकम्पका कारण एक जनाकाे मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुङ्गा लागेर बाजुराको गौमुल गाउँपालिका-२ जुरेलीमा करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हाे ।
मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।




प्रतिक्रिया