बाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बाजुरा जिल्लाको हिमाली गाउँपालिका- १ देबीडाँडामा दुई थान भरुवा बन्दुक एक झोला,बन्दुकमा प्रयोग हुने बारुद, गोली,कटुकी नामक जडीबुटी १५ किलोसहित दुईजना प्रकाउ परेका छन्। उनीहरुको साथबाट घोरलको काँचो मासु १ किलो ५ सय ग्राम पनि बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा हिमाली गाउँपालिका १ का २४ वर्षीय रबीलाल बोहोरा र २१ वर्षीय राजेश बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । गोप्पे सूचनाका आधारमा प्रहरी चौकी बिच्छियाबाट जेठ १९ गते गएको गस्ती टोलीले करिब १३ घण्टा लगाएर उक्त जंगलको बाटो भएर अबैध सिरकार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। बरामद गरेको सामान र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।