बकैया गाउँपालिकामा भोलि शोक बिदा

बकैया गाउँपालिकामा भोलि शोक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बुधबारको निर्णयअनुसार वडा सदस्य तितुङको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिने निर्णय गरेको छ ।

बकैयाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा वडा सदस्य तितुङको असामयिक निधन भएका कारण गाउँपालिकास्थित सम्पूर्ण सरकारी कार्यालय र शिक्षण संस्थामा बिहीबार शोक बिदा दिइएको जनाइएको छ ।

बकैया गाउँपालिका–७ मानदमार घर भएका ४० वर्षीय तितुङको आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा मंगलबार दिउँसो एक्कासि बिजुलीको पोल ढलेर लाग्दा घाइते भएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।