बाँके–बाँकेमा २ युवामाथि खुकुरी प्रहार भएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्ट माथि खुकुरी प्रहार भएको हो ।
शनिबार बेलुकी ८ बजे राप्ती सोनारी वडा नम्बर २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए।
उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट लागेको छ।
घाइतेलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
घटना सोधपुछका लागि राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ज्ञानेन्द्र भनिने ज्ञानु वलीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।
दुवै समूह विगतदेखि नै खोलामा बालुवा–गिट्टीको काम गर्ने समूह रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।




प्रतिक्रिया