पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार पक्राउ परेका खाँणलाई काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।

खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि अदालत लगेको हो। प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।