बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो


काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको छ ।

काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई सोमबार बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो । उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement