जनकपुरधाम – गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् ।
मंगलबार नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुर आईपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा बोल्दै नेपालको विकासको लागि नेपालकै प्रस्तावमा आएको एमसीसी सम्झौता पारित हुने बताएका हुन् ।
‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसंग सम्बन्धित परियोजना संचालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन,’ उनले भने ।
गृहमन्त्री खाडले अमेरिकाले विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको समेत जानकारी दिए । उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होईन । यो निःशर्त अनुदान हो । गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।’




प्रतिक्रिया