बालमन्दिर जग्गा हिनामिना प्रकरणः २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिर जग्गा हिनामिना प्रकरणः २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध बिहीवार जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुर्जी लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले काठमाण्डुपाटीलाई बताए । पक्राउ पुर्जी जारी भएको पुष्टि गरे पनि को कोविरुद्ध जारी भएको बारे भने उनले खुलाउन चाहेनन् ।

‘२० जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुबाट पक्राउ पुर्जी जारी भएकाे छ। अब अनुसन्धान भइरहेको हुनाले पक्राउ पुर्जी जारी भएका हरुको नाम भने खुलाउन मिल्दैँन ।’, बोगटीले भने ।

स्रोतका अनुसार पदाधिकारी, सम्झौतामा जोडिएका साक्षी र बाल संगठनबाट जग्गा लिजमा लिएर बृहस्पति स्कुल सञ्चालन गरिरहेको व्यापारिक घराना विशाल ग्रुपका सदस्यहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीवार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ । वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।