आज बालाचतुर्दशी, शतबीज छर्न शिवालयहरूमा भीड

आज बालाचतुर्दशी, शतबीज छर्न शिवालयहरूमा भीड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी बुधबार मनाइँदैछ । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट भक्तजन काठमाडौँको पशुपति पुग्छन् भने गाउँको शिवालयमा पनि बालाचतुर्दशी मनाउने चलन छ ।

आजको दिन पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ ।