काठमाडौं – प्रहरीले मंगलबार राति पांच किलो सुनसहित एक जनालाई बालाजु क्षेत्रबाट प्रक्राउ गरेको छ । रसुवा नाकाबाट तस्करी गरेर ल्याएको सुन काठमाडौ प्रहरीको बिशेष टोलीले बरामद गरेको हो।
सुनसहित पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको प्रहरी स्रोतले जनाएको छ। तस्करहरुले अवैध सुन ल्याउने क्रम अझै रोकेका छैनन्।
चाडपर्व नजिकै गर्दा सुन तस्करी बढ्दो क्रममा छ। विगतमा पनि केरुङ नाकाबाट ठूलो मात्रामा सुन तस्करी भएको थियो। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।




प्रतिक्रिया