बालाजुमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई दाजुभाईको मृत्यु

बालाजुमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई दाजुभाईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बालाजुस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा फसेका दुई मजदुरको मृत्यु भएको छ ।

शुक्रबार बिहाने काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा पाइपभित्र फसेका सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पाइप सफा गर्न सडकमा रहेको मूख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ चिन्ताजनक अवस्थामा निकालिएको थियो ।