उपचारका क्रममा बालकको ज्यान गयो, सञ्चालक पक्राउ

उपचारका क्रममा बालकको ज्यान गयो, सञ्चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – डेढ वर्षीय बालकको उपचारका क्रममा ज्यान गएपछि दाङ देउखुरीका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

दाङको गढवा गाउँपालिका वडा नं १ जेठानगाउँमा रहेको यूनिक मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अर्घाखाँची सितगंगा नगरपालिका घर भई देउखुरी माइती आएकी सीता कुमालले आफ्नो १८ महिने छोरो सुशान्त बिरामी भएपछि यूनिक मेडिकलमा उपचारका लागि लिएर गएकी थिइन ।

बालकलाई उपचारका क्रममा मेडिकल सञ्चालक चौधरीले गलत औषधि प्रयोग गरेपछि बालक बेहोस भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उपचारकै क्रममा बालकको ज्यान गएको हो ।

बालकको शव लमही अस्पताल देउखुरीमा राखिएको र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।