रौतहट – रौतहटमा घर भत्किँदा चार महिने बालकको मृत्यु भएको छ । साथै २ जना घाइतेभएका छन् ।
राजपुर नगरपालिका–८ बलुवागोठका राम लोचनको माटो र ईट्टाको गारोबाट बनेको १ तल्ले घर बिहीबार राति भत्किँदा ४० बर्षीय राम लोचन राम र उनका श्रीमति ३५ वर्षीया मरछिया देबी घाइते भएका हुन् भने उनका ४ महिनाको छोरा सन्तलाल रामको मृत्यु भएको हो ।
घर भत्किँदा पुरिएर घाइते भएका तिनै जनालाई उपचारका लागि गौरअस्पता लगिएकोमा बालकको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया