भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको शव फेला

भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको शव फेला


काठमाण्डु – भक्तपुरमा इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको  पानी जमेको खाल्डोमा बालकको शव भेटिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरकाअनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीका राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो । गएरातीदेखि हराएका बालकको शव आज पानी जमेको पोखरीमा भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।