कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँको शव भेटियो

कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ । तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव हेटौडाको सिस्नेरीस्थित बागमति किनारमा भेटिएको हो ।

तनुहँ स्थायी घर भएका बानियाँ तिनदिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाण्डुमा आज उजुरी दिएको थियो । बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

केही समय नागरिक दैनिकमा समेत काम गरेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।