१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने बोहरा कारागारबाट भागे

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने बोहरा कारागारबाट भागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी- बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका १५ वर्षीय किशोर राजेन्द्र बोहोरा भागेका छन। बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका बोहोरा भागेको डोटी प्रहरीले जनाएको छ ।

बाल सुधार गृहमा राखिएका बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । बोहोरालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका बोहरालाई पुर्पक्षका लागी कारगार चलान गरेको थियो । तर, उनको उमेर कम भएका कारण बाल सुधार गृहमा राखिएको थियो।