झापा– झापामा १६ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
उनीमाथि शुक्रबार राति (एकै रात) छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार भएकाे हाे ।
बलात्कारकाे आराेपान ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ । अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् ।
घटनामा संलग्न एकजना फरार रहेका छन् । अर्जुनधारा ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको बताइएकाे छ।
बालिकाले शनिबार जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न मध्ये ६ जनालाई पक्राउ गरेको हो ।
झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार शुक्रबार राति भएको एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता देखिन्छ । दुवै घटनामा संलग्न मध्ये प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
अनिष,सरोज र केशवले सुरुमा हटियामा करणी गरेको प्रहरीको दाबी छ । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो ।
होटलमा होटल मालिकसहित चारजना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । होटल सञ्चालक राजवंशी हुन् । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार छन् ।




प्रतिक्रिया