बलात्कारको घटना बढ्न थालेपछि आईजीपी प्रकाश अर्यालले दिए यस्तो निर्देशन

बलात्कारको घटना बढ्न थालेपछि आईजीपी प्रकाश अर्यालले दिए यस्तो निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय महिला र बालबालिकामाथि हिंसाजन्य घटनाहरु वृद्धि हुँदै गएकोप्रति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार नेपालगन्जमा महिला तथा बालबालिका सेवा केन्द्रको आधुनिक भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले महिला र बालिकामाथि ज्यादती बढेको बताउँदै  यस्ता घटनामा गम्भीर भएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

उनले भने, ‘महिला र बालबालिकामाथि हिंसाजन्य घटनाहरु वृद्धि हुँदै गएका छन् । पीडितले महशुस हुने गरी न्याय दिलाउन अनुसन्धान गर्नुस् ।’

महानिरीक्षक अर्यालले अपराधी कानुनी दायरामा नआउँदा प्रहरीको आलोचना हुने गरेको बताउँदै कसैको प्रभावमा नपरी अपराधीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए ।

उनले महिला तथा बालबालिकाका सवालमा प्रहरीले शून्य सहनसिलता अपनाएको उल्लेख गर्दै लापरवाही गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिए ।

नेपालमा पछिल्लो महिना बलात्कारका घटना धेरै सार्वजनिक भएका छन्  ।