नेपाल समूहका सुदूरपश्चिम प्रदेशसभा सदस्य रेग्मी ओली समूहमा लागे

नेपाल समूहका सुदूरपश्चिम प्रदेशसभा सदस्य रेग्मी ओली समूहमा लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले ओली समूहलाई साथ दिएका छन् । यसअघि नेपालसमृहमा रहेका रेग्मीले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् ।

बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिन्थे । रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या सात पुगेको छ ।

यस प्रदेशमा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिएका छन् । नेपाल समूहले साथ दिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ ।