डोजर लिएर खिचापोखरीको आरबी कम्प्लेक्स पुगे मेयर साह

डोजर लिएर खिचापोखरीको आरबी कम्प्लेक्स पुगे मेयर साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु  महानगरपालिकाका मेयर बालेन्द्र साह डोजर लिएर खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेका छन्।

बुधबार दिउँसो सुन्धारास्थित काठमाण्डु मलअगाडि बनाइएका अवैध संरचना भत्काएपछि मेयर साह त्यहीँबाट डोजर लिएर आरबी कम्प्लेक्सको अन्डरगाउण्ड खाली गराउन खिचापोखरी पुगेका हुन् । कम्प्लेक्स अगाडि बनाइएको संरचना पनि खाली गराउन लागिएको छ ।

पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन लागेको महानगरपालिकाले जनाएको छ । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि महानगरले अवैध संरचना भत्काउने अभियान चलाएको हो ।