काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आज (सोमबार) झापा जाने भएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका बालेन चुनावी अभियानका लागि आज झापा जान लागेका हुन्।
बालेन अघिल्लो साता मात्र पूर्वका विभिन्न जिल्लाहरू घुमेर काठमाण्डु फर्किएका थिए। त्यसलगत्तै सुदूरपश्चिम र कर्णाली पुगेका उनी सहकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्थाका कारण दुई दिनअघि काठमाण्डु फर्किएका थिए।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कडा प्रतिस्पर्धा रहेको अवस्थामा बालेनले मतदाताको घरदैलोमै पुग्ने रणनीति बनाएका छन्।
हाल उनकी पत्नी सविना काफ्ले पनि झापा–५ को चुनावी अभियानमा सक्रिय रहेकी छिन्।




प्रतिक्रिया