झापाका सुकुमबासीसँग बालेन-काठमाण्डु र यहाँको सन्दर्भ फरक छ,तपाईँहरूले लालपुर्जा पाउनुपर्छ

झापाका सुकुमबासीसँग बालेन-काठमाण्डु र यहाँको सन्दर्भ फरक छ,तपाईँहरूले लालपुर्जा पाउनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) यतिखेर आफ्नो चुनावी प्रचारका लागि झापा–५ मा छन् ।उनले आज झापाको कमल गाउँपालिकामा रहेका सुकुमवासीसँग भेटघाट गरेका छन् । सुकुमबासीको गुनासो सुनेर जवाफसमेत दिए ।

त्यहाँका युवाहरुले काठमाण्डुको सुकुमवासी बस्तीमा डोजर चलाएको बालेनले झापामा बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने कुरा आफूले सुनेको भन्दै बालेनसमक्ष गुनासो गरेका थिए ।

बालेनले भने काठमाण्डुको र झापाको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए । उनले भने ‘काठमाण्डुमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त,’ सुकुमवासी समुदायको जिज्ञासामा बालेनले भनेका छन्,‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’

झापाका सुकुमबासीले लालपुर्जा पाउनु पर्ने भन्दै उनले भने ‘खोलाछेउ बाहेकका सुकुमबासीको हकमा भूमि आयोगबाट लगत संकलन गरेर स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले (लालपुर्जा) दिनुपर्छ । यहाँको रियल हो नि त । ४०/५० वर्षदेखिको समस्या हो । भूमि आयोगमा राजनीतिक पार्टीको मान्छे टीका लगाएर जाने प्रवृत्ति छ । पार्टीसँग नजिक भएकाहरूले एउटा लालपुर्जा भए पनि अर्को पाउने भयो । जिन्दगीमा लालपुर्जा नभएकाले कहिले लालपुर्जा नपाउने भए । त्यो सिस्टम सुधार्नुपर्‍यो भन्ने हो,’ उनले भने ।