मधेसका जिल्लामा बालेनको चुनावी अभियान सुरु (तस्वीरहरु)

मधेसका जिल्लामा बालेनको चुनावी अभियान सुरु (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मधेस प्रदेशका जिल्लामा चुनावी अभियान सुरु गरेका छन्।

बालेनले आज बिहान सप्तरीको सप्तकोसी नगरपालिकाबाट मधेस केन्द्रीत चुनावी अभियान सुरु गरेका हुन् । बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रमबाट आज मधेसका जिल्ला प्रवेश गरेका हुन्।

आज उनी सप्तरीको कन्चनपुर, हनुमाननगर, राजबिराज, डाक्नेश्वरी, बोधेबर्साइन, भगनवानपुर, नबराजपुर, बरियारपट्टी, औरही लगायतका ठाउँमा हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्।

त्यसैगरि सिराहाको जिरोमाइल, गोलबजार, चोहर्बा, मिर्चैया, कल्यानपुर, सिराहा सदरमुकाम, धनुषाको यदुकुवा, धनुषाधाम, नगराइन, महोत्तरीको जलेश्वर, एकडारा, बलबा, सरपल्लो र बर्दिबासमा बालेनले मतदाता भेटघाट गर्नेछन्।