बालेन आज सर्लाही जाँदै

बालेन आज सर्लाही जाँदै


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज बिहान सर्लाही जाँदै छन् ।

सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता साहले जिल्लाका विभिन्न स्थान हुँदै यात्रा गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला नेताहरुका अनुसार उनी लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्ने छन् ।

हिजो सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न ठाउँमा पुगेर रास्वपाको पक्षमा मत मागेका बालेन बुधबार बिहानदेखि सर्लाहीसहित बाँकी मधेसका जिल्लाको यात्रामा निस्कँदैछन्। 

त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ ।

भ्रमणका क्रममा उनले स्थानीय समस्या, विकास र समसामयिक राजनीतिक विषयमा अवलोकन तथा भेटघाट गर्ने अनुमान गरिएको छ ।

बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रम छाडेर हिजाेदेखि मधेसका जिल्ला प्रवेश गरेका हुन्।