स्वास्थ्यलाभपछि बालेन आज झापा जाँदै

स्वास्थ्यलाभपछि बालेन आज झापा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्वस्थताका बाबजुद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह शनिबार झापा जाँदैछन् ।

स्वास्थ्यलाभपछि उनी झापा जान लागेका हुन् ।

चुनावी अभियानका क्रममा सुर्खेतको कार्यक्रममा अस्वस्थ्य भएपछि उनी शुक्रबार भैरहवाको कार्यक्रममा सहभागी नभई काठमाण्डु फर्केका थिए ।

खाना अपच भएर बान्ता हुने, पेट दुख्ने र रक्तचाप बढेका कारण उनी चुनावी कार्यक्रमबाट फर्किएका थिए । काठमाण्डुमा दुई दिनको उपचारपछि घरमै आराम गरेका उनी पूर्णतः स्वस्थ्य भएका छन् ।

उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी शनिबार बेलुकी दमक पुग्ने कार्यक्रम छ । उनी आफू उम्मेदवार रहेको झापा–५ को चुनावी कार्यक्रममा व्यस्त रहने छन् ।