सिलम साक्माले मृत्यूलाई छेके जस्तै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन

सिलम साक्माले मृत्यूलाई छेके जस्तै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले रास्वपा दु:खको समाधान गर्ने पार्टी बन्न चाहेको बताएका छन् ।

रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय जनतालाई तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी रास्वपा बन्ने बताए ।

उनले भने, ‘खाना खानुभयो ? बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो, तेह्रथुम–पाँचथरमा उत्पादन भएको खान पाउनुभा छैन तपाईंहरूले, हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू यही मुनि तराईमा झापा, सुनसरी, मोरङ, विराटनगरमा खान पाइएको छैन । यो दु:खको कुरा हो, त्यो दु:खको समाधान गर्नुपर्छ, यो दु:खको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । देशकै पहिलो उद्योग–कलकारखाना यहाँ खुलेको थियो । तर अहिले नयाँ खुलेका छैनन् । कारखाना चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ । अब त्यो पर्दैन । त्यो नपर्ने व्यवस्था बनाउन चाहन्छ रास्वपा ।’

पूर्वी तराईका ३ वटा, ५ वटा जिल्लाको फूल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरलाई खान पुग्ने उनले बताएका छन् ।

उनले आफ्नो छातिमा टाँसिएको सिलम साक्मा देखाउँदै भने, ‘जसरी सिलम साक्माले मृत्यूलाई छेक्छ, ठीक त्यसैगरी देश जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा ।’