काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा–५ मा झण्डै चार हजार मतको अग्रता लिएका छन् ।
बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४००६ मतान्तरले पछाडि छोडेका छन् ।
दिउँसो सवा १ बजे सम्मको मतपरिणाम अनुसार बालेनले ५२५४ मत पाएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले १२४८ भोट ल्याएका छन्।
यता नेपाली कांग्रेसका उम्मेदवारले १८५, नेकपाका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले १११ मत पाएका छन्।




प्रतिक्रिया