काठमाण्डु – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले फराकिलो मतान्तर कायम गरेका छ ।
पछिल्लो परिणामअनुसार १५ हजार ७४० मत गणना हुँदा बालेनले १० हजार ४६६ मत पाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ हजार २०५ मत मात्रै पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २९७ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ३१८ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृतिका समिर तामाङले १ हजार ३५७ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया