बालेनले बुझाए चुनावी खर्चको विवरण, कुन शीर्षकमा कति ?

बालेनले बुझाए चुनावी खर्चको विवरण, कुन शीर्षकमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– झापा–५ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च बुझाएका छन् ।

बालेनले सोमबार जिल्ला निर्वाचन कार्यालय झापामा पुगेर विभिन्न शिर्षकमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

जसमा मनोनयनका लागि १० हजार, सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।