उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले रिक्त रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् ।

उनीहरूको शुक्रबार नै राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रम, रोजागार तथा सामाजिक मन्त्री दीपक साहलाई बर्खास्त गरेएपछि खाली रहेको मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ।

त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारी यादवलाई दिइएको छ।

रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी– ४ बाट निर्वाचित भएकी हुन्। यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।