संसद् बैठकमा राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री बाहिर निस्किनुको कारण के ?

संसद् बैठकमा राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री बाहिर निस्किनुको कारण के ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबारको संघीय संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री वालेन शाह ‘बालेन’ बाहिर निस्किए । जसले गर्दा प्रधानमन्त्रीमाथि प्रश्न गर्न थालिएको बेला उनका सल्लाहकारले प्रस्टोक्ति दिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता आएपछि विश्रामका लागि बाहिरिएको उनका सल्लाहकार असिम शाहले जानकारी दिए ।

सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्रामका लागि निस्किएको सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुन: कार्यक्रममा सहभागी हुनुभएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’