काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक र लिम्पियाधुरासम्बन्धी समस्याको समाधान भारतसँग संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले लिपुलेक र लिम्पियाधुराबारे भारतलाई कुटनीतिक नोट पठाएको र त्यसको जवाफ आइसकेको बताए । जवाफमा भारतले दुवै देशका इतिहासकार र भूमिसम्बन्धी विज्ञ राखेर समस्या समाधान गर्ने भनेको जानकारी उनले दिए ।
एमाले सांसद पदमा अर्यालले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता र प्राणभन्दा प्यारो चिज भन्दै नेपालले आफ्नो दाबी गरेको र त्रिपक्षी भूमिमा नेपाललाई बेवास्ता गरी भारत र चीनले व्यापारिक मार्ग निर्माणको काम अघि बढेकामा सरकारको धारणा मागेकी थिइन् । ‘लिपुलेक, लिम्पियाधुरासम्मन्धी बुझ्न खोज्नभुएको जस्तो लाग्याथ्यो । यस सम्बन्धमा नेपाल सरकारले ‘डिप्लोमेटिक नोट’ भारत सरकारलाई पठाइसकेको छ । र त्यसको जवाफ पनि आएको छ’, शाहले भने, ‘त्यो जवाफमा दुईटै सरकारले आफ्ना इतिहासविदहरु राखेर, आफ्ना सर्भेयरहरु राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरु राखेर ‘टेबलटक’ मार्फत यो कुरालाई समाधन गर्ने कुरा भएको छ ।’
यस्तै उनले त्यसबारे भारत र चीनलाई मात्र नभई बेलायत सरकार समक्ष पनि कुरा राखेको बताए ।
‘हामीले भारत र चाइनालाई मात्र नभएर इङल्याण्ड सरकारलाई पनि कुरा गरेका छौं । उहाँहरुले ब्रिटिश इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म भइराखेका कारण यसबारेम इङल्याण्डले पनि सारोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो सबै कुराहरु ‘टेबलटक’ डिप्लोमेटिक हिसाबले भएर समस्या समाधमान हुने जानकारी गराउन चाहन्छु’, उनले भने ।




प्रतिक्रिया