भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको छः बालेन्द्र शाह

भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको छः बालेन्द्र शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय पक्षबाट मात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार विपक्षी सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाली पक्षबाट पनि भारतीय भूमि अतिक्रमण भएको बताएका हुन् ।

‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि अस्ती प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, उनले भने, ‘यो कुरा अस्ती भर्खरै थाहा पाइयो । दुईटै देशले हामीले मिचेका छौं, उहाँहरुले मिच्नुभएको छ । त्यसलाई बसेर साथीको रुपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’