प्रधानमन्त्री बालेन रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकमा सहभागी नहुने, भोलि मात्र चितवन जाने

प्रधानमन्त्री बालेन रास्वपाको अन्तिम केन्द्रीय समिति बैठकमा सहभागी नहुने, भोलि मात्र चितवन जाने


चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार मात्र चितवन जाने भएका छन् ।

प्रधानमन्त्री शाह आइतबार बिहान जहाजमार्फत भरतपुर पुग्ने उनको सचिवालयले जनाएको छ ।

भरतपुरको गेष्ट हाउस चौरमा हुने महाधिवेशन उदघाटन समारोहलाई वरिष्ठ नेताका रुपमा शाहले सम्बोधन गर्ने तय भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सभापति रवि लामिछानेसहित अधिकांश शीर्ष नेता भने चितवन पुगिसकेका छन् ।

रास्वपा महाधिवेशन आयोजक समितिको अन्तिम बैठक आज साँझ भरतपुरमा बस्दैछ ।