महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्दैछन् । बिहीबार मध्यान्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुन लागेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ।

​छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुदैछन् ।