मान्छे विदेश निर्यात गरेर मात्र देश बन्दैनः प्रधानमन्त्री बालेन

मान्छे विदेश निर्यात गरेर मात्र देश बन्दैनः प्रधानमन्त्री बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन् ।

मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले देश बनाउन ‘मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री’ निर्यात गर्नुपर्ने बताए ।

भेटमा सहभागी संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्री शाहले तयारी पोशाकको निर्यातमा जोड दिएको बताए ।

पाण्डेका अनुसार प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए ।


शाहले बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा तयारी पोशाक उद्योगमा नेपाल पछाडि पर्नुको कारणबारे समेत जिज्ञासा राखेका थिए।

तयारी पोशाक उद्योगलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको पाण्डेले जानकारी दिए ।


पोशाक उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल समाधान गर्न प्रधानमन्त्रीले तत्काल निर्देशन दिएका छन् ।