मेयर बालेनलाई अर्को झट्का, काठमाण्डुको फोहोर फाल्न नदिने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी


काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई फेरि अर्को झट्का लागेको छ । सिंहदरबार क्षेत्रको फोहोर नउठाउने निर्णय गरेका मेयर बालेनलाई नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिले फोहोर रोक्ने चेतावनी दिएका हुन् ।

केही दिन अगाडि मेयर बालेनले सिंहदरबार क्षेत्रको फोहोर नउठाउने निर्णय गरेका थिए । सरकारले फोहोर उठाउन दबाब दिए पनि बालेन भने आफ्नो अडानबाट पछि हटेनन् । त्यसपछि उनीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सिंहदरबारको फोहोर नउठाउने बालेन्द्रको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । अधिवक्ता श्रेष्ठले महानगरपालिका, मेयर शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाएका छन् ।

यसैबीच धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिहरुले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका हुन् । सर्वोच्च परेको रिटको सामना गरिरहेका मेयर बालेनलाई फोहोर फाल्न नदिने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनीले अर्को समस्या थपेको हो ।

हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थपन हुँदै आइरहेको छ। तर, आफूहरुले राखेको माग पूरा नभएको भन्दै त्यहाँका जनप्रतिनिधिहरुले बालेनलाई १५ दिने अल्टिमेटम दिएका छन् ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसहित जनप्रतिनिधिहरुको बैठक बसी विभिन्न ६ बुँदे माग राखेका हुन् । माग पूरा नभए फोहोर रोक्ने चेतावनीसमेत उनीहरुको चेतावनी छ ।

यसअघि गत जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाण्डु महानगरपालिका र फोहोरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षहरुको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement