विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदै, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत


काठमाण्डु- सरकारले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको हो ।

जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् । यस्तै कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement