टिस्टादेखि सतलजसम्म फैलिएको ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा


काठमाण्डु- महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार मेयर बालेनले सभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो।

ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो। मेयर शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन्।

भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसहितको मुरल राख्दै नक्सा सार्वजनिक गरेको थियो । भारतले संसदमा नयाँ नक्सामा नेपालका भुमि राखेको बारेमा हालसम्म नेपाल सरकारले भकुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

उल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यो सांस्कृतिक नक्सा भएको भन्दै भारतको बचाउ गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले भारतको बचाउ गरिरहेका बेला मेयर बालेनले भने आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement