मेयर शाह विरुद्ध अवहेलनाको उजुरी दर्ता

मेयर शाह विरुद्ध अवहेलनाको उजुरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । मेयर शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा कारवाही हुनुपर्ने मागसहित निवेदन पेश गरेकी हुन् ।

निवेदनमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिने जनाइएको छ। मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए ।